पिपरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा

२०८२ असार १५, आईतवार २२:५९

महोत्तरी,असार १५,  — महोत्तरीको पिपरा गाउँपालिकामा जन्मदेखि दुई वर्षसम्मका सबै बालबालिकाले खोपका सबै मात्रा पूरा गरेपछि गाउँपालिकालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ।

 

‘पूर्णखोप, सुरक्षित भविष्य’ नारासहित खोप निर्देशिकामा तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरेर यो उपलब्धि हासिल गरिएको स्वास्थ्य शाखा उपप्रमुख रंधिर यादवले जानकारी दिनुभयो। उहाँका अनुसार पोलियो, दादुरा–रुबेला, डिपीटी, जापानीज इन्सेफ्लाइटिस, रोटा भाइरस, निमोनिया, टाइफाइडलगायत खोपका मात्रा तोकिएको उमेर समूहका बालबालिकाले पूरा गरेका छन्।

 

गाउँपालिका अध्यक्ष रामजानकी यादवले ‘पूर्णखोप पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो’ भन्दै आगामी दिनमा पनि खोप सुनिश्चितता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

घोषणा कार्यक्रममा उपाध्यक्ष बन्दना पाण्डे, वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत दिपेन्द्र राय र भोला पण्डित, स्थानीय स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?