नेपाल किसान महासंघ सर्लाही  जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम र किसान सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न

२०८२ असार १६, सोमबार १२:०५

असार १६ गते – नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम शुरूवात भएको थियो । ूकार्यक्रम ‘आफ्नो देशको उत्पादन हाम्रो शानः  कृषिमा उन्नति हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली कांग्रेस समिति सर्लाहीको वसवरीयामा  आइतबार बिहान यो कार्यक्रम आयोजना गरिएको हाे ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वीरेन्द्र प्रसाद सिंहले  नेपाली कांग्रेस पार्टी किसानको हक अधिकारका लागि सधैँ आवाज उठाउँदै आएको र किसानका दुःख पीडा समाप्त गर्न दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको बताए। किसानहरूलाई मलखाद समय उपलब्ध गराउनुपर्ने उनकाे माग रहेकाे छ ।

पूर्व मन्त्री मा. समेत रहेका सिंहले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि खेतीको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान, मकै लगायतका बालीको उत्पादन बढाउन संघीय सरकार र मधेस सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। उनले यसका लागि आफूहरू साथ दिन तयार रहेको पनि स्पष्ट पारेका छन् ।

सिंहले प्रदेशमा आफ्नै पार्टीको कृषि मन्त्री भएको र आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँचमार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्यअनुरूप आवश्यक नीति तथा कार्यक्रमहरू समावेश गरिएको बताए।

मधेस प्रदेश सरकारलाई शतप्रतिशत बजेट विनियोजन गर्न आवश्यक पहल गर्न बताउँदै थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले आफू किसानको समस्यासँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भिर रहेको  वहाको स्वकीय सचिव निकेश त्रिपाठीले बताए । नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा जिल्लाका  विभिन्न ठाउँमा नेपाल किसान महासंघ सर्लाहीको आयोजना धान रोपाई कार्यक्रम हर्शो हुलासका साथ सम्पन भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?