वीरगन्जबाट स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

२०८२ असार १७, मंगलवार २२:३४

वीरगन्ज असार १७ — वीरगन्जमा स्रोत नखुलेको २८ लाख रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका–३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का दीपक कुमार सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगन्जका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। उनीहरूविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?