सिरहा असार २१- सिरहा जिल्लाको थानाचोकमा रहेको शर्मा मेसनरी पार्ट्स पसलमा गए राति करिब १० बजे भीषण आगलागी भएको छ। आगलागीका कारण पसलमा रहेका करिब २४ देखि २५ लाख रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको छ ।
आगो लागेपछि तत्कालै सिराहा नगरपालिकाको वारुण यन्त्र, नेपाली सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको टोली खटिएर आगो नियन्त्रणमा लिएको थियो।
आगलागीको कारण अझै खुल्न नसकेको भए पनि प्रारम्भिक अनुमानमा विद्युत सर्ट सर्किट कारण आगो लागेको हुन सक्ने बताइएको छ। यता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






