भोजपुरमा सामूहिक हत्या : १६ वर्षीया पत्नी फिर्ता नपाएपछि चार जनाको हत्या

२०८२ असार २२, आईतवार १७:१३

भोजपुर असार २२— भोजपुरमा आफ्नी १६ वर्षीया पत्नीलाई फिर्ता ल्याउने विषयमा भएको विवादले ज्यानसम्म लिन पुग्दा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको हत्या गरेका छन्।

भोजपुर नगरपालिका–२ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित आफ्नी सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्।

प्रहरीका अनुसार राजेन्द्रले घरेलु विवादका क्रममा एकपछि अर्को गरी परिवारका चार सदस्यको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका थिए।

यस घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। अहिले घटनास्थलमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?