परमहंस आश्रममा गुरुपूर्णिमामा विशाल भण्डारा, ५ हजार भक्तजनको सहभागिता

२०८२ असार २६, बिहीबार १८:४९

सर्लाही असार २६ – कडैना गाउँपालिका–१, सुखचैना  स्थित परमहंस आश्रममा यस वर्ष पनि गुरुपूर्णिमाको अवसरमा विशाल सामूहिक भण्डारा आयोजना हुने भएको छ।

वि.सं. २०५० सालमा स्थापना भएको यस आश्रममा हरेक वर्ष गुरुपूर्णिमामा विशेष पूजाआजा तथा विशाल भण्डाराको आयोजना हुँदै आएको छ। आश्रमका व्यवस्थापकका अनुसार यस भण्डारामा करिब ५ हजार भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ।

विशाल भण्डाराको सम्पूर्ण खर्च भक्तजनहरूले नै स्वेच्छाले सहयोग गर्ने परम्परा रहँदै आएको छ। भक्तजनहरूको आस्था र सहयोगले यो परम्परा झन् भव्य बन्दै गएको आयोजक समितिले जनाएको छ।

गुरुपूर्णिमाका अवसरमा देशका विभिन्न स्थानबाट भक्तजनहरू परमहंस आश्रम पुग्ने गरेका छन्। स्थानीयवासी र स्वयंसेवकहरूको सक्रियतामा भण्डाराको सम्पूर्ण व्यवस्थापन सफल हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?