जनकपुरधाम,२९ असार । समाजिक संजाल TikTok को प्रत्यक्ष प्रसारण (Live) मा अश्लील गाली गलौज तथा आपत्तिजनक अपशब्द प्रयोग गरी अन्य प्रयोगकर्तामा नकारात्मक असर पुर्याउने कार्यमा संलग्न भएकी धनुषा निवासी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुर उप-महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखकी करिब २० वर्षीया छोरी रोशनी खातुनलाई नियन्त्रणमा लिएको हो। रोशनीले आफ्ना TikTok Live मा निरन्तर रुपमा अश्लील भाषा र गाली गलौज प्रयोग गर्दै आएकी थिइन्, जसले सामाजिक मर्यादा र सार्वजनिक शिष्टाचारमाथि प्रश्न उठाएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई “अभद्र व्यवहार सम्बन्धी कसुर” अन्तर्गत म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।






