गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा दिए उजुरी

२०८२ असार ३१, मंगलवार १८:४२

काठमाडौँ असार ३१ — गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत अभद्र कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। अभिनेत्री ऋचा शर्मा, गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीपछि ढकालले पनि आफूविरुद्ध गालीगलौज र मानहानी हुने अभिव्यक्तिबाट हैरान भएर कानुनी बाटो रोजेका हुन्।

उनले सार्वजनिक व्यक्तित्वमाथि व्यक्तिगत जीवनमा प्रहार गर्नु अमर्यादित र अपराध भएको उल्लेख गर्दै फेक तथा रियल आइडीबाट गाली गर्ने केही व्यक्तिहरू प्रहरी हिरासतमा परिसकेको र केहीको खोजी भइरहेको जनाएका छन्।

 

ढकालले कलाकारहरू राष्ट्रका गहना भएको र उनीहरूको सम्मान हुनुपर्ने बताउँदै साइबर अपराधविरुद्धको अभियानमा आफू पनि सहभागी भएको बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?