सिराहा ,असार ३२— सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज दिउँसो करिब पौने २ बजेतिर नगरपालिकाको कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको हो।
मेयर साहले एक उपभोक्ता समितिबाट कामको पूर्ण भुक्तानीका लागि घुस रकम लिइरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
हाल अख्तियारको टोलीले घटनास्थलमा मुचुल्का तयार गर्दै थप अनुसन्धान गरिरहेको छ।






