रौतहट साउन, ०४— रौतहटको कटहरियामा शनिबार एक दर्दनाक घटना घट्यो, जब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिले घरमै झु’ण्डिएर ज्या’न दिए। गरुडा म्युजिकल एफएममा कार्यरत प्रजापति लामो समयदेखि पत्रकारितामा सक्रिय थिए।
स्थानीयवासीहरूका अनुसार, उनले नगरपालिकाको खानेपानीसम्बन्धी समाचार प्रकाशन गरेपछि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट अपमानजनक व्यवहार र ध’म्की भोग्नुपरेको थियो। यही कारणले उनी मानसिक तनावमा रहेको बताइएको छ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यक विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






