नेशनल एकाडमी कलेजको प्रवेश परीक्षामा मनिषा यादव टप, छात्रवृत्तिसहित सम्मान

२०८२ श्रावण ६, मंगलवार २०:३७

जनकपुरधाम,०६ साउन । जनकपुरस्थित नेशनल एकाडेमी कलेजको हालै सम्पन्न प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई कलेज प्रशासनले विशेष सम्मान गरेको छ।

गत शनिबार सम्पन्न परीक्षामा सिरहा जिल्लाकी मनिषा कुमारी यादवले १०० अंकको पूर्णाङ्कमध्ये ९२ अंक ल्याउँदै पहिलो स्थान प्राप्त गरेकी हुन्। उनको यो उपलब्धिको कदरस्वरूप कलेजले मायाको चिनो प्रदान गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर दिएको छ।

कलेजका प्रबन्ध निर्देशक नरेश यादवले मनिषालाई कलेजका बरिष्ठ व्यक्तित्व डा. विरेन्द्र लाल कर्णको हातबाट मायाको चिनो प्रदान गरिएको जानकारी दिए।

विज्ञान, वाणिज्य, कानुन तथा शिक्षा संकायमा प्रवेशका लागि आयोजित परीक्षामा कुल ११२ जना विद्यार्थी सहभागी भएका थिए। मनिषाको उत्कृष्टतासँगै कलेजले अन्य उत्कृष्ट ३५ जना विद्यार्थीलाई पनि शतप्रतिशत ट्युसन शुल्क छुटको व्यवस्था गरेको छ।

त्यस्तै, समावेशी शिक्षाको प्रवर्धन गर्दै दलित, मधेसी, जनजाति र मुस्लिम समुदायबाट एक–एक जनालाई विशेष छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?