म्यान अफ नेपालको चौथो सस्करण जनकपुरमा

२०८२ श्रावण ७, बुधबार १२:५१

जनकपुरधाम,०७ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा म्यान अफ नेपालको चौथो सस्करण हुने भएको छ । नेपाल व्युटि प्याराडाइजको आयोजनामा हुने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहनेछ । विजेताले अर्काे बर्ष भारतमा हुने मिष्टर एसियामा सहभागिता जनाउने र एक लाख बराबरको पुरस्कार पाउने छन । प्रतियोगितामा विभिन्न विधामा समेत प्रतिष्पर्धा हुने छन ।

यस बर्षको म्यान अफ नेपाल भगवान राम र जानकी मन्दिरको थिममा आयोजना हुने भएको हो । देशैभरी वाट छनोटमा परेका प्रतियोगिहरु मध्ये बाट ७ जनालाई अन्तिम चरणमा सहभागि गराइने आयोजकले दावि गरेको छ ।

आयोजकको अनुसार विभिन्न प्रदेशका सहभागिहरुलाई जनकपुरमा ५ दिनको क्लोज क्याम्प राखेर प्रशिक्षण दिइनेछ । प्रशिक्षणको अन्तिम दिन म्यान अफ नेपालको छनोट गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ५ वटा राउण्ड हुनेछ । अन्तिम चरण भन्दा अगाडीका दिनमा २ वटा राउण्ड सम्पन्न हुनेछ । जसमा ट्यालेण्ड राउण्ड र प्रि फिनाले हुनेछ । यसका अलवा सहभागिहरुको विभिन्न प्रतिभालाई समेत समेटेर विभिन्न शिर्षकमा उपाधि वितरण गरिनेछ ।

भाद्र २७ मा ग्राण्ड फिनाले हुने आयोजकले तयारी सुरु गरेको छ । साउन ५ गते वाट सुरु आवेदन  साउन १५ सम्म रहनेछ । त्यसपश्चात पव्लिक च्वाइस अवार्डको लागि प्रतियोगिता हुने आयोजकले कार्यक्रमको तालिम प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?