जनकपुरधाम ,श्रावण १० -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध “जनताको हस्ताक्षर” अभियान जनकपुरधाममा सम्पन्न गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामानन्द चौकमा आज बिहान ७ बजेदेखि १० बजेसम्म यो कार्यक्रम आयोजना गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनकपुरधाम नगर सभापति ललन कुमार नायकको अध्यक्षतामा भएको यस कार्यक्रममा नगरभित्रका रास्वपाका सबै तहका प्रतिनिधि तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नगर सभापति ललन कुमार नायकका अनुसार, जनकपुरधाम नगरभित्र आजसम्म करिब ३४०० हस्ताक्षर संकलन भइसकेका छन्। यसैगरी, धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले दिएको जानकारीअनुसार, जिल्लाभर हिजोसम्म कुल ७५२५ हस्ताक्षर संकलन गरिसकिएको छ।
यो अभियान रवि लामिछानेमाथि भइरहेको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध जनसमर्थन जुटाउने उद्देश्यले सञ्चालन गरिएको
हो।






