जनकपुरधाम, श्रावण ११ – जनकपुरधामस्थित श्री जानकी मन्दिर प्राङ्गणमा यही साउन १५ गतेदेखि २० गतेसम्म ‘श्री राधाकृष्ण कथा’ को भव्य आयोजना हुने भएको छ। श्री जानकी मन्दिर जनकपुर धाम र श्री राधेश्याम समिति (जनकपुर शाखा) को संयुक्त आयोजनामा हुने यस कार्यक्रममा सुप्रसिद्ध आध्यात्मिक वक्ता शुश्री शकुन्तलादेवी देवजीले प्रवचन दिनुहुनेछ।
दैनिक साँझ ४:४५ बजेदेखि ७:०० बजेसम्म सञ्चालन हुने यस कथामा, विज्ञान विषयमा स्नातक र वाणिज्यशास्त्रमा एम.बी.ए.मा प्रथम श्रेणी हासिल गर्नुभएकी शुश्री शकुन्तलादेवी देवजीले आफ्नो गहिरो आध्यात्मिक ज्ञान र गुरुदेवको निर्देशन अनुसार श्रुति, स्मृति, पुराण लगायतका शास्त्रहरूको सारतत्व प्रस्तुत गर्नुहुनेछ। वहाँको प्रवचनले श्री राधाकृष्णप्रेमको अद्वितीय निरूपण गर्दै भक्तजनहरूमा अनुराग बढाउने लक्ष्य राखिएको छ।
आयोजकहरूले यस कथाले जीवनमा वास्तविक आनन्दको अनुभव गर्न र समस्त समस्याहरूको समाधान प्राप्त गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई यस दिव्य प्रवचनको पूर्ण लाभ उठाउनका लागि हार्दिक आमन्त्रण गरेका छ
न्।






