३५ वर्षपछि पुनः सुरु भएको ऐतिहासिक जलेश्वर झुलन महोत्सव, हिन्दू सम्राट सेनाका गरिमामय सहभागिता

२०८२ श्रावण ११, आईतवार २३:२८

महोत्तरी श्रावण ११, जलेश्वर । विगत ३५ वर्षदेखि विभिन्न कारणले स्थगित रहँदै आएको ऐतिहासिक जलेश्वर झुलन महोत्सव यो वर्ष पुनः तपस्सी बाबाको आशिर्वाद र नन्दिदासको अथक प्रयासबाट आजदेखि धूमधामसाथ सुरु गरिएको छ।

सदियौं पुरानो सनातनी परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा हिन्दू सम्राट सेनाका केन्द्रीय सदस्य — रजनिस सनातनी, ब्रिजेश सनातनी, नगर संयोजक शिवम सनातनी, वडा संयोजक चन्द्रमोहन सनातनी लगायत स्थानीय श्रद्धालुहरू र धर्मप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा श्रीकृष्ण–राधाको झुलन आराधना, भजन–कीर्तन, संकीर्तन तथा धार्मिक प्रवचनहरू प्रस्तुत गरिए, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनायो। सहभागीहरूले यो महोत्सव केवल एक धार्मिक पर्व मात्र नभई सनातनी संस्कृति र आत्मिक एकताको प्रतीक भएको बताए।

स्थानीय जनसमुदायमा अत्यन्तै उत्साह र श्रद्धा देखिएको झुलन महोत्सव अब प्रत्येक वर्ष परम्परागत रूपमा मनाइने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?