जनकपुरधाम श्रावण १२ –प्रहरीलाई राति साढे १२ बजेतिर शोभाले झुण्डिएर आत्महत्या गरेको खबर प्राप्त भएको थियो। यद्यपि, प्रहरी घटनास्थलमा पुग्दा शव ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिएका छन्। परिवारले झुण्डिएको देखेपछि पासो काटेर शव ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन्।
पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
यसैबीच, मृतकका माइती पक्षले भने दाइजोकै कारण छोरीको हत्या भएको दाबी गरेका छन्। मृतकका बुबा, महोत्तरीको बर्दिबास नगरपालिका-४ माइस्थानका रामकिसुन मण्डलले ज्वाइँ चन्दनले दाइजोका लागि शोभालाई बारम्बार झगडा, विवाद र कुटपिट गर्ने गरेको र त्यसकै कारण हत्या भएको बताएका छन्। शोभाको विवाह चन्दनसँग करिब पाँच वर्षअघि भएको थियो र उनीहरूको एक छोरी छि
न्।






