कटैया चौरीमा खुकुरी आक्रमण – एक युवतीको मृत्यु, आमा र बालक घाइते

२०८२ श्रावण १३, मंगलवार ०९:३२

जनकपुरधाम श्रावण १३ : जनकपुर–४ स्थित कटैया चौरीमा गएराति भएको खुकुरी आक्रमणमा एक युवतीको ज्यान गएको छ भने एक महिला र बालक गम्भीर घाइते भएका छन्।

बटेश्वरकी एक महिला छोरीसहित विगत एक वर्षदेखि जनकपुरमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार ती महिलासँग एक युवकको प्रेम सम्बन्ध रहेको थियो। तर, गएराति करिब १२ बजेतिर उनीहरूबीच केही विषयमा भनाभन भएको र त्यसपछि युवक महिलाको डेरामा पुगेर खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारमा छोरीको घटनास्थलमै ज्यान गएको हो भने आमा र बालकलाई गम्भीर अवस्थामा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।

प्रहरीले घटनाको प्रारम्भिक पुष्टि गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?