लोकतान्त्रिक पत्रकार संघ बारा कार्यालयको उद्घाटन

२०८२ श्रावण १४, बुधबार १६:४७

बारा,श्रावण १४ —लोकतान्त्रिक पत्रकार संघको बारा जिल्लास्थित कार्यालयको आज एक विशेष समारोहबीच विधिवत् रूपमा उद्घाटन सम्पन्न भएको छ। उद्घाटन कार्यक्रम मधेश प्रदेशका अध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

 

कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन अवसरमा बोल्दै अध्यक्ष सोनलले लोकतन्त्र सुदृढ गर्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कार्यालय स्थापना प्रति शुभकामना व्यक्त गरे।

यस अवसरमा लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय सदस्य विजयेन्द्र चौधरी तथा बारा जिल्ला अध्यक्ष शाहनवाज अन्सारीलाई विशेष रूपमा सम्मान गरिएको थियो।

कार्यक्रममा संघका अन्य सदस्यहरू, स्थानीय पत्रकारहरू तथा समाजसेवीहरूको पनि सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?