महोत्तरी, साउन १५: गते बुधबार। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ बनौलीका ३० वर्षीय मुरारी झाको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार साँझ गाउँ नजिकैको दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा उनी डुबेका थिए।
स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको खोजी गरेको थियो। खोजीका क्रममा उनको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता तथा डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






