राजविराज, १६ साउन, चन्दन रजक: जनमत पार्टी सप्तरीले यही साउन १७ गते शनिबारका दिन जिल्ला समन्वय समितिको प्रथम बैठक आह्वान गरेको छ। पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको प्रमुख आतिथ्यमा आयोजना गरिने उक्त बैठक राजविराज–८ स्थित ग्रीनल्यान्ड पार्टी प्यालेस, मदननगरमा बिहान ठिक ११ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।
बैठकमा सप्तरी जिल्लाका सम्पूर्ण जिल्ला समन्वय समितिका सदस्यहरू, सबै स्थानीय तहका पालिका अध्यक्षहरू तथा वडा अध्यक्षहरूको उपस्थित अनिवार्य उपस्थिति हुने छ।
जनमत पार्टी सप्तरीका इन्चार्ज राम गमन साहका अनुसार बैठकमा सहभागी सबै सदस्यहरूले आफ्नो नाम प्रस्ट देखिने गरी नागरिकता वा परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याउनुपर्नेछ।
संगठनात्मक समन्वय, स्थानीय तहमा पार्टीको भूमिका र भावी रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको उक्त बैठकमा पार्टी संगठन सुदृढीकरणका विषयमा समेत निर्णय गरिने जनाइएको छ।






