१०० कामदारको बाध्यता हटाइएकोमा संघले दियो श्रममन्त्रीलाई धन्यवाद

२०८२ श्रावण १६, शुक्रबार १७:१८

काठमाडौँ  श्रावण १६: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर धन्यवाद दिएको छ। संघले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि प्रत्येक वर्ष १०० जना कामदार अनिवार्य पठाउनै पर्ने बाध्यकारी व्यवस्था हटाउन मन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेको हो।

नयाँ कानुन निर्माण गरी इजाजतपत्र दर्ता तथा नवीकरणसम्बन्धी व्यवस्था सहज बनाइदिएकोमा संघले आभार व्यक्त गरेको छ। भेटका क्रममा संघका पदाधिकारीहरूले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित अन्य समसामयिक मागहरू पनि प्रस्तुत गरेका थिए।

मन्त्री भण्डारीले प्रस्तुत गरिएका जायज मागहरूका लागि आफू सकारात्मक रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?