लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय सदस्यमा प्रियंका शर्मा मनोनीत

२०८२ श्रावण १७, शनिबार २२:२०

जनकपुर, साउन १७ – धनुषाकी अनुभवी पत्रकार प्रियंका शर्मा लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन्। संघका अध्यक्ष कामरेन्द्र वर्माले एक औपचारिक पत्रमार्फत उनलाई मनोनयन गरिएको जानकारी गराएका हुन्।

लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार शर्माको मनोनयन गरिएको हो। अध्यक्ष वर्माले शर्मालाई बधाई दिँदै उनको लामो पत्रकारिता अनुभव र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिबद्धताले संघलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले शर्माको कार्यकाल देश, मधेश, पत्रकारिता र पार्टीको हितमा महत्वपूर्ण रहने अपेक्षा पनि गरेका छन्।
शर्माको मनोनयनले मधेश प्रदेशका पत्रकारहरूमाझ उत्साह थपेको बताइएको छ। उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?