जनकपुरस्थित थापा चोक नजिक रेल र कार बीच ठक्कर

२०८२ श्रावण २५, आईतवार १४:०३

जनकपुरधाम श्रावन २५ :महोत्तरीको भंगहा बाट जयनगरतर्फ जाँदै गरेको नेपाल रेल र कार एकआपसमा ठोक्किएका छन्। यो घटना जनकपुरधामस्थित थापाचोक नजिक रेल्वे क्रसिङमा भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार, बागमती प्रदेश नम्बर ०१–२५ च १२९० नम्बरको कार र रेल ठोक्किएका हुन्। प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

दुर्घटनामा कारमा भने क्षति पुगे पनि मानवीय क्षति हुन बचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?