काठमाडौँ श्रावण २६ – इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल प्रस्थान गरेका छन्।
दुबई हुँदै इजरायल जाने क्रममा उनीहरू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन्। विपिनलाई हमासले बन्धक बनाएपछि लामो समयसम्म पनि उनको अवस्था अज्ञात रहेकाले परिवारले संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न इजरायल जाने निर्णय गरेको हो।
विपिनको रिहाइ र सुरक्षित फर्काइका लागि अन्तर्राष्ट्रिय तहमा दवाव सिर्जना गर्न परिवार सक्रिय रहेको जनाइएको छ।






