जनकपुरधाम,२९ साउन । जनकपुरधाम-८ ज्ञानकुपस्थित सदगुरु कबिर बाल आश्रमले आज आफ्नो १६औं वार्षिक उत्सव मनाएको छ। विगत १५ वर्षदेखि अनाथ बालबालिकाहरूलाई आश्रय प्रदान गर्दै आएको यस आश्रममा हाल १३ जना बालबालिका बसोबास गर्दै आएका छन्।
आश्रमका संस्थापक आलोक बाबाले २०६६ साल साउन २९ गते, जेठी छोरी देशना आलोकलाई भेटेको दिनमै जनकपुरधाममा आश्रम स्थापना गरेका थिए। त्यसयता प्रत्येक वर्ष देशना आलोकको जन्मदिनसँगै आश्रमको वार्षिकोत्सव पनि मनाइँदै आएको छ।
यस वर्षको उत्सवमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, हास्य कलाकार प्रदिप महतो , मगही भाषा अभीयानी फुलगेन मगही , युवा अभियानी जय नाथ अधीकरी , कुलदिप साह मधेशी लगायत दर्जौनौ युवाहरुको सहभागीतामा रहेको थियो ।
बाल आश्रमलाई सुव्यवस्थित बनाउन सबै सरोकारवाला निकायले आफ्नो स्तरबाट पहल गरे बालबालिकाको भविष्य उज्जवल हुने कुलदीप साह मधेसीले बताएका हुन ।
उनका अनुसार विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार र अभिभावकले सक्रिय भूमिका खेल्न जरुरी छ। “आश्रयमा रहेका बालबालिकाको उचित हेरचाह र अवसर सुनिश्चित गर्न सबै पक्षको सहकार्य जरुरी छ,” साहले भने।
कार्यक्रममा कलाकारहरु आआफ्नो प्रसतुती समेत गरेका थिए ।






