जनकपुरधाम, भाद्र ०१ — जनकपुरधामको गंगासागर क्षेत्रलाई बिहानै एक अचम्मको घटनाले चर्चामा ल्याएको छ। आइतबार विहान मर्निङ्ग वाकका क्रममा स्थानीयबासीले गंगासागरको पूर्वी डिलमा मानव खप्पर देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा खप्पर भेटिएको स्थान वरिपरि कुनै शंकास्पद गतिविधि वा अन्य सामग्री भने फेला नपरेको प्रहरीले जनाएको छ। तर, मानव खप्पर कहाँबाट आएको हो, कसरी त्यहाँ पुगेको हो भन्ने विषयमा प्रहरी थप अनुसन्धानमा जुटेको छ।






