जनकपुरधाम, भाद्र ३: धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–७, भगवतीपुरमा गएराति आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय धनेश्वर राउतको गाईबाख्राको गोठमा मच्छर भगाउन बालिएको घुर (धुवाँ) बाट आगो सल्किँदा घटना भएको बताइएको छ ।
आगलागीमा चारवटा बाख्राको ज्यान गएको छ भने एक भैंसी गम्भीर रूपमा घाइते भएको छ । स्थानीय अनिल पटेलका अनुसार आगो फैलिन थालेपछि प्रहरी र गाउँलेको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
अस्थायी प्रहरी कार्यालय लक्ष्मीनियाँ बजारका अनुसार आगलागीले घरभित्र रहेका लत्ताकपडा, गरगहना, खाद्यान्नलगायतका सामान पनि जलेर नष्ट भएका छन् ।






