जनकपुरधाम ,भाद्र ७ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज विहान मलेसिया पुग्दा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
स्वागत कार्यक्रममा नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, महासचिव विष्णु बराल, सचिव उमेश महतो, गैर आवासीय मधेसी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव निराला मलेसियामा कार्यरत पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए।
आतिथ्यपछि मुख्यमन्त्री सिंहले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै मलेसिया यात्राले आपसी सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।






