काठमाडौँ ,भाद्र ८ :कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी गाउँस्थित एक घरबाट करिब ६० लाख रुपैयाँभन्दा बढीको मोबाइल पार्ट्स बरामद गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइ घरमा १० पोकामा राखिएको सामान सशस्त्र प्रहरी बल नं. ३४ गणले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको प्रधान कार्यालयले दिएको विशेष सूचनाका आधारमा बरामद गरिएको यो मोबाइल पार्ट्स कसले ल्याएको भन्ने विवरण भने खुलाइएको छैन। बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गर्न सशस्त्र प्रहरीले सट्टि भन्सार कार्यालय टीकापुरमा बुझाएको छ।






