काठमाडौं , भाद्र ९ : बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा लोसपा नेपालको चौथो वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ।
कार्यक्रमको सुरुमा पार्टी अध्यक्ष माननीय महन्थ ठाकुरले झण्डातोलन गरी उद्घाटन गर्नु भयो। सोही अवसरमा केक काटी वार्षिकोत्सवको उल्लासपूर्वक सेलिब्रेशन गरिएको थियो।

उक्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् वरिष्ठ नेता माननीय शरदसिंह भण्डारी, पार्टीका वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष माननीय जितेन्द्र सोनल लगायतका नेतृवृन्द, पदाधिकारी तथा भातृसंगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।






