जनकपुरधाममा लोसपाको चौथो वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

२०८२ भाद्र १०, मंगलवार १०:३१

जनकपुरधाम,१० भदौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो चौथो वार्षिकोत्सव जनकपुरधामस्थित पार्टी कार्यालयमै भव्यतापूर्वक सम्पन्न गरेको छ ।

धनुषा जिल्ला अध्यक्ष जिवेन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सदाशिव मिश्र प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा ज्ञानेन्द्र झा सहभागी थिए भने अन्य अतिथिहरूमध्ये रामज्ञान मण्डल, रामविनोद चौधरी, रिता कुमारी मिश्र र भोलेनाथ झा उपस्थित थिए ।

सो अवसरमा पार्टीका कार्यकर्ता, समाजसेवी तथा युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले लोसपाले लोकतान्त्रिक मूल्य, मधेशी जनताको अधिकार र राष्ट्रिय राजनीतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ जनमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?