रौतहट, भदौ ११ ।रुबि साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–६ माधोपुरका स्थानीय लक्ष्मण पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पासवानले आफ्नै हातमा (My Heart Rubi Kumari) लेखी ट्याटु बनाएको र छातीमा समेत रुबिको फोटो सहितको ट्याटु कोरेको भेटिएको छ।
रुबिको हत्या गरी शव सुटकेशमा हालेर फालेको अभियोगमा पासवान बुधबार पक्राउ परेका हुन्। उनलाई माधोपुर पश्चिमको नहर छेउमा शरीरमा आगो लगाइएको अवस्थामा भेटिएको र तत्काल उपचारका लागि सदरमुकाम गौर लगिएको प्रहरीले जनाएको छ।






