मोरक्कोलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलमा तेस्रो

२०७९ पुष ३, आईतवार ०४:५१

३ पुस। मोरक्कोलाई पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान हासिल गर्दा मोरक्को भने चौथों स्थानमा रहन वाध्य भयो ।

कतारको खालिफा इन्टरनेशनल स्टेडियममा भएको निकै रोमान्चक खेलमा क्रोएसियालाई विजयी गराउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले समान १-१ गोल गरे भने मोरक्कोका लागि अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको नवौं मिनेटमा मोरक्को दारीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा लिभाजाको पासमा सोरिसिचले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए । मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेको थियो । कतार विश्वकपको उपाधिका लागि भने आज (आइतबार) फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?