काठमाडौं, भाद्र १६ – रेडियो सरोकार एफ.एम. ९८.५ मेगाहर्जका सञ्चालक प्रवेश चौधरी शुक्रबार रातिदेखि काठमाडौंको सुकेधारास्थित निलो पुल नजिकैबाट सम्पर्कविहीन हुनुभएको छ। उहाँको खोजी कार्यका लागि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी चौधरी शुक्रबार राति करिब ८ बजेपछि परिवार र साथीभाइसँग सम्पर्कमा आउनुभएको छैन। उहाँको व्यक्तिगत मोबाइल नम्बर ९८१५२०१५५६ पनि बन्द रहेको परिवारले जनाएको छ।
प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै चौधरीको सम्भावित लोकेसन र अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।
सहयोगको लागि अपिल:
चौधरीको अवस्थाबारे कुनै पनि जानकारी भएमा कृपया नजिकको प्रहरी चौकीमा वा तल दिइएको नम्बरमा सम्पर्क गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।
सम्पर्क नम्बर: +977-9821646479






