हेटौँडा, भदौ १६ ।हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडाको जंगल क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति करीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेला पारिएको हो।
प्रहरीका अनुसार जंगलको भीत्रपट्टि लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको हो। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।






