पेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

२०८२ भाद्र २६, बिहीबार १०:५४

सर्लाही, भदौ २५ ।लोकतान्त्रिक पत्रकार संघ सर्लाही जिल्ला संयोजक तथा मेरो सान टिभी का पत्रकार राजिब साहमाथि हिजो बिहान गम्भीर दुर्व्यवहार भएको छ।

गम्हरिया नजिकै रहेको बंशल पेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकार साहलाई केही व्यक्तिहरुले कुटपिट गर्दै मोबाइलबाट जबर्जस्ती फोटो र भिडियो डिलेट गराएका छन्। यो घटना निन्दनीय मात्र नभई प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको संघले जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले पत्रकार साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्।

नेपाल नयाँ युगमा प्रवेश गरिरहेको यस अवस्थामा प्रेस स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चित गर्न सबै सरोकारवालालाई संघले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?