लहान, सिराहा ३१ भाद्र — GenZ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विजय चौधरीलाई आज राजकीय सम्मानका साथ अन्तिम बिदाई गरिएको छ।
विजय चौधरीको शवलाई लहान नगरपालिकाभित्र परिक्रमा गराई राष्ट्रिय झण्डा र थारू समुदायको झण्डाले ओढाइयो। त्यसपछि स्थानीय, नेतागण, सुरक्षाकर्मी तथा हजारौं जनताको उपस्थितिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
राजकीय सम्मानका बीच शव निजकै गाउँमा लगेर अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि कार्यक्रममा सहिद विजय चौधरी अमर रहून् भन्ने नारासहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
स्थानीयवासीका अनुसार चौधरीको बलिदान राष्ट्र र राष्ट्रियताको पक्षमा महत्वपूर्ण योगदानका रूपमा इतिहासमा सदैव स्मरण गरिनेछ।






