जनकपुरधाम, भाद्र ३१— Dare2Fit Gym Clubले आफ्नो पाँचौँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। क्लबको स्थापना देखिनै स्वास्थ्य, फिटनेस र युवाहरूमाझ सकारात्मक ऊर्जा फैलाउँदै आएको Dare2Fit ले वार्षिकोत्सवलाई विशेष कार्यक्रमका साथ मनाएको हो।
कार्यक्रमका अवसरमा विगत पाँच वर्षदेखि निरन्तर रूपमा लगनशीलताका साथ क्लबको जिम्मेवारी वहन गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो। सम्मानस्वरूप सम्मानपत्र र जिम ड्रेस प्रदान गरिँदा सहभागीहरूबीच उत्साह थपिएको थियो।
उत्सवमा क्लबका प्रशिक्षक, सदस्य, स्थानीय युवाहरू तथा फिटनेसप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले Dare2Fit Gym Clubले जनकपुरमा स्वास्थ्य सचेतना र फिटनेस संस्कृतिको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
क्लबका प्रतिनिधिहरूले आगामी वर्षहरूमा अझ बढी व्यवस्थित सेवासहित युवाहरूलाई प्रेरित गर्दै फिटनेस क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।






