काठमाण्डौं, असोज ८ –जेनजी आन्दोलनमा युवाहरूको योगदानलाई सम्मान गर्दै लोकतान्त्रिक विद्यार्थी संघ (लोवि संघ) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विस्तृत १३ बुँदे सुझाव पत्र बुझाएको छ।
लोवि संघका अध्यक्ष रोशन कुमार मिश्रको हस्ताक्षर रहेको उक्त पत्रमा भ्रष्टाचार नियन्त्रण, शिक्षा सुधार, महिला सशक्तीकरण, पारदर्शी शासन र युवाको निर्णायक सहभागिताबारे माग राखिएको छ।
आन्दोलनमा शहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, केही अराजक घटनाप्रति खेद प्रकट गरिएको छ। साथै, पार्टीका सबै तहमा ६०% युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने र अबको राजनीति भावना नभई परिणाममा आधारित हुनुपर्ने स्पष्ट सन्देश दिइएको छ।
त्यस्तै, आगामी दिनमा लोसपा सरकारमा सहभागी भएमा विद्यार्थी संगठनबाट कम्तीमा एक जना युवालाई सचिवालयमा नियुक्त गर्नुपर्ने माग पनि पत्रमार्फत अघि सारिएको छ।






