सामान्य भिडियोको विषयमा महिलालाई वडाध्यक्षको धम्की, राति घरमै पुगेर भने,‘भिडियो डिलेट गर’

२०८२ आश्विन २५, शनिबार १४:५८

सिरहा,२५ असोज । सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले धम्की दिएका छन् । ‘रातीको करिब आठ बजेतिर वडाध्यक्ष सहित केही व्यक्ति मेरो घरमा आएको थियो  सिरहा नगरपालिका–१२,साश्वरकी शर्माले वडाध्यक्षको भनाईलाई उद्धृत गर्दै भन्छिन्ति तिमि कति बढे छौं । तिमि भन्दा बढि बढेकाहरु मेरो पछाडी अहिले पनि छन् । भिडियो किन बनाएको ? हालिएको भिडियो डिलेट गर ।

बाढीको पानी बस्तीमा आइसकेको थियो,’उनी थप्छिन्,‘बाढिको पानीले बस्तीमा कुनै प्रकारको नोक्सानी नहोस र सम्बन्धित निकायलाई जानकारी होस भन्ने मनसायले बाढिको भिडियो बनाएर फेसबुकमा राखेको थियो ।’ उनका अनुसार वडाध्यक्षलाई केही कुरा लागेको थियो भने अन्य सहज प्रक्रियाबाट सम्वाद गरे हुन्थ्यो नि ?

सामान्य भिडियोको विषयलाई लिएर वडाध्यक्षको अगुवाईमा केही व्यक्ति रातीको समयमा घरमा आएर धम्कीपूर्ण भाषाको प्रयोग गर्नु दुःखद पक्ष भएको शर्माले बताइन् । जनताको गुनासो सुन्ने तहका व्यक्तिले यस्तो धम्कीको शब्द प्रयोग गर्नु खेदजनक भएको उनको ठम्याई छ ।

सामान्य भिडियोको विषयलाई लिएर घरमा धम्की दिने वडाध्यक्षको कार्यालय कस्तो वातावरणमा चल्दै होला सहजै अनुमान गराउने र खोज गर्ने विषय भएको उनले औल्याइन् ।

कसैले उचालेकै भरमा केही गरिरहेको हुन सक्ने सिरहा नगरपालिका–१२,सारश्वरका वडाध्यक्ष शिवशंकर झाले बताए । ‘हामी धम्की दिन हैन, केही कुरा सम्झाउन मात्र गएको थिए,’वडाध्यक्ष झाले भने,‘यस विषयमा धेरै कुरा गर्नु छ भने भेटेरै गर्नु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?