जनकपुर, असोज ३० । Support Nepal को आयोजनामा मटिहानी नगरपालिका र धनौजी गाउँपालिकामा ‘शान्तिपूर्ण र समावेशी समाज निर्माणका लागि सशक्तिकरण’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनकपुरस्थित वेलकम होटलमा सम्पन्न भएको हो।
धनौजी गाउँपालिका र मटिहानी नगरपालिकालाई लक्षित गर्दै समाजमा शान्ति, समावेशिता तथा स्थानीय सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको Support Nepal ले जनाएको छ।
वक्ताहरूले सामाजिक न्याय, लैंगिक समानता, युवाको भूमिका, स्थानीय नेतृत्वको सशक्तिकरण तथा समावेशी निर्णय प्रक्रियाको आवश्यकतामा जोड दिएका थिए। सहभागी स्थानीय जनप्रतिनिधिहरू तथा नागरिक समाजका सदस्यहरूले यस्ता कार्यक्रमले स्थानीय तहमा शान्तिपूर्ण र समावेशी विकास प्रक्रिया अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादव, वडा अध्यक्ष उदयकुमार साह, रामनारायण यादव तथा राम शोभित मण्डल सहभागी थिए। नागरिक सहायता कक्षबाट बिना मण्डलको उपस्थिति रहेको थियो।
मटिहानी नगरपालिकाबाट नगर प्रमुख हरिप्रसाद मण्डल, उप–प्रमुख मञ्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना शाखा प्रमुख चन्देश्वर यादव तथा वडाध्यक्षहरू— मोहम्मद नाजिर मियाँ, रउफ राईन, शिवशंकर राय र मिश्री नायक लगायत नागरिक सहायता कक्षका अनसु कुमार साह सहभागी थिए।
कार्यक्रमको अध्यक्षता Support Nepal की अध्यक्ष रोशना खड्काले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष सुनील मल्लिक, सचिव रिचा सिंह दनुवार, लेखा अधिकृत मनिषा सिंह, कार्यकारिणी सदस्य गंगाप्रसाद साह, व्यवस्थापक सरस्वती शेर्पा, महोत्तरी जिल्ला संयोजक प्रकाश ठाकुर, धनुषा जिल्ला संयोजक शत्रुघ्न महतो तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय जनप्रतिनिधिहरू तथा सहभागीहरूले यस्ता कार्यक्रमहरूले शान्तिपूर्ण र समावेशी समाज निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।






