मुग्लिन–नारायणगढ सडकमा सवारी ठोक्किँदा २१ घाइते, चारको अवस्था गम्भीर

२०८२ कार्तिक १, शनिबार ११:३३

मुग्लिन–नारायणगढ सडकखण्डको नारायणगढमा सातवटा सवारी आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
जसमा चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहान करिब साढे ७ बजे यात्रुवाहक बस र ट्रकसहितका सवारी साधन एकआपसमा ठोक्किएका हुन्।
घटनास्थलमा पुगेका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?