मुख्यमन्त्री सोनल र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेट

२०८२ कार्तिक ४, मंगलवार १७:२५

जनकपुरधाम , कार्तिक ३ । मधेश प्रदेशका मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष माननीय जितेन्द्र सोनल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच आज शिष्टाचार भेटघाट भएको छ।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सोनललाई बधाई ज्ञापन गर्नुका साथै देशको समसामयिक राजनीतिक अवस्था, मधेश प्रदेश सरकारको वर्तमान परिस्थिति लगायतका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

दुवै नेताबीचको भेटलाई देश र प्रदेशस्तरमा राजनीतिक सहकार्य र संवादलाई सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?