हुलाकी राजमार्गको कमलापुल निर्माण अलपत्र, जनकपुर जोड्ने सपना अझै अधुरो

२०८२ कार्तिक ५, बुधबार १३:३८

जनकपुर धाम — हुलाकी राजमार्गअन्तर्गत पर्ने कमलापुल बन्न नसक्दा अहिले पनि स्थानीय बासिन्दा तथा सवारी चालकहरू आवतजावतका लागि डुङ्गाको सहारामा नदी पार गर्न बाध्य भएका छन्। सप्तरी–सिरहालाई जनकपुरसँग जोड्ने यो पुल वर्षौंदेखि निर्माणको प्रतिक्षामा छ।

पटक–पटक आवाज उठाइए पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन। स्थानीयहरूका अनुसार वर्षा याममा नदीको पानी बढ्दा आवतजावत अझ जोखिमपूर्ण बन्ने गर्छ। दैनिक यात्रु, विद्यार्थी र बिरामीहरूलाई अस्पतालसम्म पुग्न समेत कठिनाइ हुने गरेको गुनासो छ।

स्थानीयले भने सरकारले हुलाकी राजमार्गको महत्व बुझेर कमलापुल निर्माणलाई प्राथमिकता दिनुपर्छ” भन्ने माग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?