सप्तरीमा एक युवकको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

२०८२ कार्तिक ५, बुधबार १४:०८

राजविराज, ५ कार्तिक। सप्तरी जिल्लाको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीय देवलाल यादवका छोरा अन्दाजी ३० वर्षीय संजय यादवको शव मङ्गलबार राति घरभित्रै पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घरायसी झैँझगडाको तनावका कारण संजयले आत्महत्या गरेको अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाई शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?