डाक्नेश्वरी ना.पा. –९ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था अत्यन्त जीर्ण, विद्यालय परिसरमै गाइबस्तु मरेको फोहोर फाल्ने प्रवृत्ति !

२०८२ कार्तिक १०, सोमबार ११:०२

सनोज यादब ,सप्तरी ,कार्तिक १०:डाकनेश्वरी नगरपालिका–९ मा अवस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय लक्षणपट्टी को अवस्था अत्यन्तै जीर्ण बनेको छ। विद्यालयको लक्षणपट्टी पुरानो र भत्किएको अवस्थामा छ भने विद्यालय परिसरमै मरेका गाईवस्तु तथा घरायसी फोहोर फाल्ने गरिएको स्थानीयहरूले बताएका छन्।

 

स्थानीय बासिन्दाहरूका अनुसार विद्यालय क्षेत्र दुर्गन्धित बनेको छ र यहाँ कुनैपनि सरसफाइ कार्यक्रम वर्षौंदेखि सञ्चालन गरिएको छैन। विद्यालय परिसर फोहोरमैला र सडेगले दुर्गन्धित हुने भएकाले विद्यार्थीहरूलाई अध्ययनमा समेत असहज भइरहेको जनाइएको छ।

स्थानीयहरूले गुनासो गर्दै भनेका छन्, “संबन्धित निकायका अधिकारीहरू कहिल्यै विद्यालयमा आएर अवस्था हेर्दैनन्। भोट र मतदानको बेला मात्रै जनप्रतिनिधि देखिन्छन्, तर विद्यालय र सरसफाइका समस्यामा कसैले ध्यान दिँदैन।”

विद्यालय क्षेत्रको सरसफाइ र मर्मत सम्भारमा बेवास्ता नभएकाले यहाँका अभिभावक र विद्यार्थी दुवै निराश छन्। उनीहरूले नगरपालिका र शिक्षा शाखालाई तत्काल विद्यालयको सरसफाइ र संरचना सुधारका लागि पहल गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?