लक्षणपट्टीस्थित विद्यालयमा विद्युत चोरी, जिम्मेवारी हेडमास्टरमाथि

२०८२ कार्तिक १३, बिहीबार १५:४१

सप्तरी कर्तिक १३ : डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा विद्युत महसुल नतिरेपछि विद्युत लाइनमा हुक लगाएर चोरी गरी प्रयोग गरेको घटना सार्वजनिक भएको छ।

स्थानीयवासीका अनुसार विद्यालयले लामो समयदेखि नेपाल विद्युत प्राधिकरणलाई बिल तिरेको थिएन, जसका कारण प्राधिकरणले विद्युत काटेको थियो। तर त्यसपछि विद्यालयमा मुख्य लाइनमै हुक जोडेर बिजुली चलाइएको भेटिएको छ।

प्राधिकरणले लाइन काटिसकेको थियो, तर विद्यालयले फेरि हुक लगाएर चोरी गरेको हो। यस्तो कार्य विद्यालयको लागि लाजमर्दो कुरा हो।

यो घटनाको पूर्ण जिम्मेवारी विद्यालयका हेडमास्टरमाथि पर्नु पर्ने अभिभावक र स्थानीयको भनाइ छ। उनीहरू भन्छन्, हेडमास्टर नै विद्यालयको प्रमुख जिम्मेवार व्यक्ति हुन्। विद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममा भयो भने त्यसको जवाफदिही हेडमास्टरले गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?