जनकपुरधाम, मंसिर १८ ।धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शन गरेको छ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म बजार बन्द राख्दै प्रदर्शन गरेका हुन्।
यसअघि व्यापारीहरूले कालो झण्डा र कालोपट्टी बाँधेर पहिलो चरणको विरोध जनाएका थिए। सुनचाँदी बजारमा प्रहरीले छापा मार्दै करिब ७ किलो चाँदी नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।
व्यापारीहरूले प्रहरीमाथि लुटपाट र दमनको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।






