जेष्ठ सदस्यको रुपमा राणाले राष्ट्रपतिबाट लिए शपथ

२०७९ पुष ६, बुधबार १२:३९

जेष्ठ सदस्यको रुपमा राणाले राष्ट्रपतिबाट लिए शपथ – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार पशुपति शमशेर राणाले शपथग्रहण गराउने छन् ।त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?