जनकपुरधाम,२९ कार्तिक l सेंट्रल कलेज, जनकपुरले आफ्नो ३० औँ स्वागत समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्दै नयाँ विद्यार्थीहरूको भव्य स्वागत गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष बिजय कुमार झा तथा उपाध्यक्षसहित पदाधिकारीहरूको विशेष उपस्थिति रहँदा समारोह भव्य बनेको थियो।
दीर्घ शैक्षिक यात्रामा रहेको कलेजले इन्जिनियरिङ, म्यानेजमेन्ट र हेल्थ साइन्सेस क्षेत्रमा डिप्लोमादेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू दशकौँदेखि सफलतापूर्वक सञ्चालन गर्दै हजारौँ दक्ष इन्जिनियर तथा पैरामेडिक्स उत्पादन गर्दै आएको विवरण समारोहमा प्रस्तुत गरिएको थियो।
शैक्षिक विकासलाई थप सुदृढ बनाउन कलेजले यस वर्ष BIT र Bachelor in Electrical Engineering जस्ता नयाँ कार्यक्रम सुरु गरेको घोषणा गर्दै मधेश प्रदेशका विद्यार्थीहरूलाई अत्याधुनिक शैक्षिक अवसर उपलब्ध गराउने तयारीबारे जानकारी दिए ।
समारोह सांस्कृतिक प्रस्तुति, पूर्वविद्यार्थीका अनुभव साझा, स्वागत कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुतीकरणसँगै झनै जीवन्त बनेको थियो।
“उच्च शिक्षा, उच्च व्यवहार” भन्ने आफ्नो नारा अनुरूप कलेजले आगामी दिनमा अझ आधुनिक, अनुशासित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने दृढ प्रतिवद्धता सार्वजनिक गरेको छ।






